रूखमा टाउको ठोक्किएर मृत्यु १३ वर्षीय बालककाे मृत्यु
नेपालखोज
२०७९ कार्तिक १७ गते १९:३०

काठमाडौं । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्रि मन्टेस्वरी स्कुलका विद्यार्थी काठमाडौं सामाखुसी बस्ने १३ वर्षीय आयुष्मान दाहालको रूखमा टाउको ठोक्किएर बुधबार दिउँसो मृत्यु भएको छ ।
बा.१ क ४६४२ नम्बरको स्कुल बसमा घर फर्कने क्रममा गाडिको सिटबाट टाउको झ्याल बाहिर निकाल्दा रूखमा ठोक्किएर गम्भीर घाइते घएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया