पहाडी भू-भागका एक/दुई स्थानमा वर्षाको सम्भावना
नेपालखोज
२०७९ कार्तिक १८ गते ६:२६

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया