पत्रकारका हत्यारालाई सजाय हुँदैन !

युनेस्कोले विश्वभर भएका पत्रकार हत्याका अधिकांश घटनामा अपराधीलाई सजाय नभएको बताएको छ । संयुक्त राष्ट्रसंघीय निकायका अनुसार सन् २०२० र २०२१ मा काम गर्ने क्रममा कम्तीमा ११७ पत्रकार मारिएका छन् ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सार्वजनिक गरेको प्रतिवेदले विश्वभर पेसाको क्रममा रहेका पत्रकारको हत्यामा संलग्न अधिकांश अपराधीलाई सजाय नभएको बताएको छ । युनेस्कोले पत्रकारहरुको हत्यारालाई गिरफ्तार गरि सजायको व्यवस्था गर्न आवश्यक रहेको बताएको छ ।
युनेस्कोले पत्रकार विरुद्धको अपराधको उचित अनुसन्धान गरि अपराधीहरूको पहिचान र सजाय सुनिश्चित गर्न सबै आवश्यक उपायहरू गर्न आह्वान गरेको छ। युनेस्कोका महानिर्देशक अड्रे अजौलेले एक विज्ञप्तिमा भनेका छन , ‘यति ठूलो संख्यामा समाधान नभएका मुद्दाहरू हुँदा अभिव्यक्तिको स्वतन्त्रता सुरक्षित गर्न सकिँदैन।’
संयुक्त राष्ट्रसंघले नोभेम्बर २ मा पत्रकार विरुद्धको अपराध रोकथामको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।
पत्रकारहरु विरुद्ध ‘हिंसाको चक्र’
युनेस्कोले विगत एक दशकमा दण्डहीनता दरमा ९ प्रतिशतले गिरावट आएकोलाई स्वागत गरेको छ तर यो हिंसाको यो चक्र रोक्न अपर्याप्त रहेको बताएको छ । युनेस्कोको प्रतिवेदनअनुसार सन् २०२० र २०२१ मा ११७ पत्रकारको काम गर्दागर्दै हत्या भएको थियो भने ९१ जना ‘अफ द क्लक’ अर्थात् ड्युटीमा नभएको अवस्थामा मारिएका थिए । प्रतिवेदनमा भनिएको छ, ‘धेरै जसो पत्रकारलाई उनीहरूका छोराछोरीसहित परिवारका अगाडि मारिएको छ ।’
यसले न्यायाधीशहरू, अभियोजनकर्ताहरू र सुरक्षा बलहरूलाई पत्रकारहरूको अधिकार लागु गर्न र उनीहरूविरुद्ध हुने आक्रमणहरूको अनुसन्धान र अभियोग सुनिश्चित गर्न दबाब सिर्जना गरेको छ । एएफपी, एपी

प्रतिक्रिया