आत्मा र मृत्युुका कुरा

हिन्दु वा आम नेपाली समाजमा यस्तो मान्यता छ कि मृत्युु त्यो अवस्था हो, जब आत्माले शरीर को त्याग गर्छ । हाम्रो समाजमा यस्तो मान्यता राख्नुको पछाडि हिन्दु दर्शन हो । जस्को भनाइ यो छ कि पंचभूत (भौतिक तत्वहरु )बाट निर्मित शरीरमा एउटा आत्माको बास हुन्छ जीवित प्राणीहरुमा चेतनाको कारण अभौतिक आत्मा हो, जुन सबै जिवहरुमा बास गरेको हुन्छ । यो आत्मा नित्य र अविनाशी छ ।
जो कहिले पनि नष्ट हुँदैन र यस्ले पुरानो शरीरलाई छोडेर नयाँ शरीरको धारण गर्छ । हाम्रो गीताको दर्शन पुरै यसैमा आधारित छ । देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा । तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ॥ (१३) भावार्थ : जुन प्रकारले कुनै जीव बाल्यकालदेखि युवा अवस्था हुँदै वृद्ध अवस्थामा निरन्तर अग्रसर हुँदै जान्छ, सोही प्रकारले शरीरमा भएको आत्मा पनि मृत्यु पछी अर्को जन्म लिन्छ । यस्तो परिवर्तनमा धीर मनुष्यहरु मायाको मोहमा पर्दैन् । (१३) वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ॥ (२२) भावार्थ : जुन प्रकारले मनुष्यले पुरानो लुगाको त्याग गरेर अर्को नयाँ लुगाको धारण गर्छ, त्यही प्रकारले आत्माले पनि पुरानो तथा व्यर्थ शरीर लाई त्यागेर नयाँ शरीरको धारण गर्छ (२२) गीताको यो दर्शन हाम्रो हिन्दु समाजमा यसरी स्थापित भएको छ कि एक दुई जानालाई छोडेर निर्विवाद रूपमा सबैले यो दर्शन लाई सत्य मान्छन् । अनि आत्माको शान्तिको लागि विभिन्न प्रकारको पूजा पाठ, श्राद्ध र कर्मकांडहरु पनि हाम्रो समाजमा गर्ने प्रचलन छ ।
तर आत्मा भन्ने कुनै चीजको अस्तित्वको एउटा पनि प्रमाण आज सम्म पनि कतै उपलब्ध हुन सकेको छैन । जब आत्माको अस्तित्व माथी प्रश्न उठाइने गरिन्छ तब प्रायः यहि सुन्ने गरिन्छ कि कतै एउटा बन्द ‘एयर टाइट’ सिसाको चेम्बर भित्र एउटा मर्न लागेको मानिस लाई राखियो अरे । जब त्यो मानिसको मृत्युु भयो तब त्यो मानिसको शरिरिक बाट आत्मा निस्किँदा सिसाको चेम्बर चर्कियो अरे । तर यस कुराको मैले कुनै सत्यता वा कुनै कतै ठोस प्रमाण पढन पाएको छैन । आत्माको अर्को प्रयोग चाहिँ एक अमरीकी डॉक्टर डंकन मैकडोगल द्वारा सन 1907 मा संपन्न गरिएको थियो ।
जसमा केही घन्टा अघि मर्न लागेको मानिसको पहिले वजन नापियो र उ मरि सकेपछी उसलाई पुनः नाप्दा उसको वजन २१.३ ग्राम पहिले भन्दा काम भएको पाइयो। तर त्यस्ले आत्मा छ नै भन्ने पुष्ठि चाहिँ हुँदैन । त्यस्तै दुनियाँका केही पुनर्जन्मका घटनाहरु लाई पनि केही धर्मावलम्बीहरुले, केही रहस्यवादीहरुले ,केही प्रचारमुखी लेखक र पत्रकारहरुले , केही तान्त्रिकहरुले , आत्माको अस्तित्वको प्रमाणको रुपमा प्रस्तुत गर्छन् । तर यो झुठो कुरा र प्रचार रहेछ । यस्को बैज्ञानिक रुपमा आज सम्म पुष्ठि हुन सकेको छैन ।
त्यस्तै मेडिकल साइन्सले पनि शरीरको सूक्ष्मभन्दा सूक्ष्म अंगहरु र त्यस्को कार्यविधिको खोज गर्दाआत्मा भन्ने कुनै चीजको अहिलेसम्म कुनै प्रमाण भेटाएका छैनन् । उनीहरुको भनाइमा एउटा जीव खरबौं कोशिकाबाट बनेको हुन्छ । विभिन्न जीव जन्तु अनुसारको कोशिकाहरुले पनि एउटा निश्चित काम गर्ने (समय) उमेर पाएका हुन्छन् । तिनीहरुलाई जिवित राख्न पोषकतत्व (खाना पिना) र अक्सिजनको जरुरी पर्छ । सात सेकेन्ड मात्र अक्सिजन भएन भने जीव वा मानिसको मस्तिष्कको कोशिकाहरु नस्ट ‘डेमेज’ हुन्छ । मस्तिष्क न केवल मनुष्यको चेतना र बोधको कारण हो बल्कि यो शरीरको नियन्त्रक पनि हो । मस्तिष्क लाई क्षति पुग्न साथ चेतना भन्ने कुरा पनि समाप्त भइ हाल्छ । जो सदाको लागि समाप्त हुन्छ । जसलाई पुनः पाउन सकिदैन ।
वैज्ञानिक भाषा यसैलाई ‘ब्रेन डेथ’ भनिन्छ । यसबाट यो सिद्ध हुन्छ कि जीवहरुको चेतनाको कारण मस्तिष्क नै हो । कुनै आत्मा होइन । इटलीको एउटा तंत्रिका विज्ञानी (neuroscientist) डा. सेर्गियो कैनावेरोले सन् २०१८ मा मानिसको टाउको लाई प्रत्यारोपण गरी सफल भएको बताएका छन् । यो सर्जरीबाट यो सिद्ध हुन्छ कि यदि आत्मानै छ भने पनि कम से कम हृदय वा धडमा छैन । यो मस्तिष्कको चेतना रहेछ । यदि पूर्वाग्रहबाट मुक्त भएर विचार गर्ने हो भने यसलाई बुझ्न कठिन छैन । हाम्रो व्यक्तित्व, हाम्रो अनुभव, हाम्रो स्मृतिहरु र हाम्रो चेतनाहरु हाम्रो मस्तिष्क नष्ट हुना साथ सबै नष्ट भइ हाल्छ । अन्त्यमा , मैले यहाँ बैज्ञानिकहरुको कुरा लाई मात्र राख्न खोजेको हुुँ । हिन्दुहरु वा अरु कसैको आस्था, विश्वास र भावनामा चोट पुर्याउन खोजेको होइन ।
प्रतिक्रिया