आइतबार, वैशाख २८, २०८२

नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराउँदा भारत सेमिफाइनलमा

नेपालखोज २०७९ कार्तिक २० गते १२:५४

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-ट्वान्टी विश्वकपमा सुपर १२ अन्तर्गत ग्रुप -२ को खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरे पछि भारत आफ्नो अन्तिम खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले अन्तिम खेल जिम्बावेसँग आइतबार दिउँसो खेल्दैछ ।

नेदरल्याण्ड्सलाई पराजित गरेकोभए दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने थियो । राम्रो सुरुवात गरेपनि निर्णायक खेलमा चुकेपछि दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएको छ ।

दक्षिण अफ्रिकाको हारले पाकिस्तान र बंगलादेशलाई समेत केहि राहत दिएको छ । आइतबार हुने यी दुई एसियन राष्ट्रबीचको विजेता टिम पनि सेमिफाइनल प्रवेश गर्ने सम्भावना जिबितै छ ।

ग्रुप २ मा भारतको ४ खेलबाट ६ अंक छ । पाँच खेल खेलिसकेको दक्षिण अफ्रिका पाँच अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान र बंगलादेशको समान ४ अंक छ ।

सुरुआती तीन खेलमा अपराजित रहँदै सेमिफाइनल सम्भावना बलियो बनाएको दक्षिण अफ्रिका चौथो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । आईसीसीको ठूला प्रतियोगितामा दक्षिण अफ्रिका अभागी साबित हुँदै आएको छ भने यस पटक पनि उक्त शृंखलाले निरन्तरता पायो ।

प्रतिक्रिया