मकवानपुरमा कांग्रेस वीपीका उम्मेदवारको समर्थन गठबन्धनलाई
नेपालखोज
२०७९ कार्तिक २० गते १३:०८

हेटौंडा । नेपाली कांग्रेस वीपीका तर्फबाट मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदम बहादुर तितुङले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै सत्तारुढ गठबन्धनका कांग्रेस उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन ।
संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलव्धी गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरुलाई नै बल पुग्ने खतरा देखेपछि आफ्नो उम्मेदवारी स्थगन गरेको तितुङले बताएका छन ।
यसअघि सोही क्षेत्रका अर्का स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले पनि बानियाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका थिए ।
सम्बन्धित

प्रतिक्रिया