आइतबार, वैशाख २८, २०८२

श्रीलंकाका क्रिकेटर माथि बलात्कारको आरोप

नेपालखोज २०७९ कार्तिक २० गते १३:५७

काठमाडौं । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कारको आरोपमा सिडनिमा गिरफ्तार भएका छन् । दानुष्कालाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।

उनलाई अष्ट्रेलियाको सिड्नीमा पक्राउ गरिएको जानकारि बीबीसीले पनि दिएको छ । क्रिकेट समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । रेक्सका अनुसार टि-ट्वान्टी प्रतियोगिता खेल्ने क्रममा दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए र एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए ।

प्रतिक्रिया