आइतबार, वैशाख २८, २०८२

टीट्वान्टी विश्वकप सेमिफाइनल : कहिले, कहाँ र कुनकुन टोली भिड्ने ?

नेपालखोज २०७९ कार्तिक २० गते १८:३७

काठमाडाैं । न्युजिल्याण्ड र भारत आफ्नो समूहको शीर्ष स्थानमा छन् । भारतले आफ्नो अन्तिम खेल जितेर समूह-२ मा पहिलो स्थान हासिल गरेको छ भने पाकिस्तान तीन खेलमा जित हात पार्दै दोस्रो स्थानमा छ । शनिबार समूह–१ मा न्युजिल्यान्ड पहिलो स्थानमा र इंग्ल्याण्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेका छन ।

न्यूजिल्याण्ड र पाकिस्तान भिड्दै

पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्ड र पाकिस्तान बुधबार , कार्तिक २३ गते ( नोमेम्बर ९ ) का दिन सिड्नीमा भिड्नेछन् । दोस्रो सेमिफाइनलमा भने कार्तिक २४ गते ( नोमेम्बर १० ) भारत र इंग्ल्याण्डले एडिलेडमा आमनेसामने गर्नेछन् । सेमिफाइनल पुग्ने चार टिममध्ये तीनले एक–एक पटक उपाधि जितेका छन् । न्युजिल्याण्ड अहिलेसम्म उपाधि बाट बन्चित छ ।

यसपटकको टि – २० विश्वकप उपाधि भिडन्त कार्तिक २७ गते (नोमेम्बर १३ ) मा मेलबर्नमा हुनेछ । नोमेम्बर ९ र १० मा हुने सेमिफाइनलका विजेताहरू उपाधिका लागि नोभेम्बर १३ (कार्तिक २७ गते ) मा मेलबर्नमा भिड्नेछन् ।

प्रतिक्रिया