विश्वव्यापी तापक्रम २.८ डिग्रीले बढ्न सक्छ

नेपालखोज २०७९ कार्तिक २१ गते ११:५९

काठमाडौं । जलवायु परिवर्तनका कारण पछिल्लो एक वर्षमा विश्वका विभिन्न भागमा भीषण बाढी, आँधी र जंगलमा आगलागीका अनेकौं घटना देखापरेका छन् । यिनै कारणले धेरै समुदाय ध्वस्त समेत भए । हजारौं मानिसले ज्यान गुमाए, सम्पत्तिको ठुलो क्षति भयो र ठूलो संख्यामा मानिसहरु पलायन हुनुपर्‍यो । यी सबै प्रकोप कम गर्न विश्वका विभिन्न देशहरुले उत्सर्जन घटाउने वाचा गरेका छन् । तर, संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले हालका प्रतिवद्धताले खासै सकारात्मक प्रभाव नदेखिएको बताएको छ ।

युरोप सबैभन्दा बढी तातो

यदि विश्वका देशहरू पेरिस सम्झौता अन्तर्गत आफ्नो राष्ट्रिय जलवायु लक्ष्यमा मात्र अडिग रहे भने, ग्लोबल वार्मिंग खतरनाक स्तरमा बढ्ने स्पष्ट छ । विश्वका देशहरूले उत्सर्जन रोक्न तत्काल कडा कदम चाल्नुपर्छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (ग्ल्भ्ए) का कार्यकारी निर्देशक इनगर एन्डरसनका अनुसार-हामी जलवायुका बिषयमा आपतकालिन अवस्थामा छौं र बिभिन्न देशहरूले कठोर कदम चाल्न ढिलो भइसकेको छ ।

गत वर्ष ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म स्कटल्याण्डको ग्लासगोमा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन शाखा (ग्ल्ँऋऋऋ) को आयोजनामा ​​२६औँ जलवायु सम्मेलन ‘कोप ( २६’ सम्पन्न भएको थियो । उक्त सम्मेलनमा विभिन्न देशले सन् २०३० सम्ममा उत्सर्जनमा भारी कटौती गर्ने वाचा गरेका थिए तर, उनिहरुको वाचा र भूमिमा भइरहेको काममा ठूलो अन्तर छ ।

विश्वव्यापी रुपमा उत्सर्जन घटाउन सन् २०१५ मा पेरिस जलवायु सम्झौतामा हस्ताक्षर भएको थियो । योगदान राष्ट्रिय स्तरमा निर्धारण गरिएको थियो। राष्ट्रिय रुपमा निर्धारित योगदानहरू (ल्म्ऋक) पेरिस जलवायु सम्झौताको मूल भाग हो । सबै हस्ताक्षरकर्ता देशहरु राष्ट्रिय जलवायु लक्ष्यहरू निर्धारण गर्न र तिनीहरूको कार्यान्वयन र नयाँ लक्ष्यहरुको नियमित रूपमा रिपोर्ट गर्न बाध्य छन् ।

ऋइए २६ पछि एनडीसीहरूको हालैको समीक्षामा, संयुक्त राष्ट्रले २०३० सम्म कार्बन डाइअक्साइडको ०।५ गिगाटन मात्र हरितगृह ग्यास उत्सर्जनमा कमी हासिल गर्ने पत्ता लगायो। यो २०३० सम्म कुल अनुमानित उत्सर्जनको एक प्रतिशत भन्दा कम हो । २०२२ उत्सर्जन ग्याप रिपोर्ट अनुसार, पेरिसमा निर्धारित १.५ डिग्री सेल्सियस तापक्रम लक्ष्य हासिल गर्न, वर्तमान नीतिहरूले २०३० सम्ममा ४५ प्रतिशतले उत्सर्जन घटाउनुपर्छ ।

तापक्रम वृद्धि रोक्न आवश्यक

हाल लागू नीतिका आधारमा विश्वव्यापी औसत तापक्रम २.८ डिग्री सेल्सियससम्म बढ्न सक्ने कुरा प्रतिवेदनमा उल्लेख छ, जुन १.५ डिग्री सेल्सियसको सीमाभन्दा झण्डै दोब्बर हो । यद्यपि, विद्यमान एनडीसी योजनाहरुको कार्यान्वयनमा, तापक्रममा वृद्धि २.४ डिग्री सेल्सियससम्म हुन सक्छ ।

एन्डरसनले भने, यो रिपोर्टले देखाउँछ कि प्रकृतिले हामीलाई गम्भीर बाढी, आँधी र आगोबाट के सन्देश दिन चाहन्छ । हामीले हाम्रो वायुमण्डललाई हरितगृह ग्यासहरूले भर्न रोक्नु पर्छ र यसलाई छिटो गर्नुपर्छ ।

प्रतिक्रिया