नुवाकोट–१ राप्रपा नेपालकी उम्मेद्वार न्यौपानेले एमालेलाई सहयोग गर्ने

नेपालखोज २०७९ कार्तिक २१ गते २०:१४


काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेद्वारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेद्वार पुष्पा न्यौपानेले आफ्नो उम्मेद्वारी निस्क्रिय बनाएकी छिन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेद्वारी निस्क्रिय बनाएको र नेकपा एमालेका उम्मेद्वारलाई सर्मथन गरेको स्पष्ट पारिन् ।

प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएकी सोही क्षेत्रकी न्यौपानले भनिन्, ‘पार्टीका अध्यक्ष स्वयं सुर्य चिन्हबाट चुनाव लडेको हुँदा, मैले आफ्नो उम्मेद्वारी फिर्ता लिएर पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सुर्य चिन्ह लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरुलाई समर्थन गर्दछु ।’ उनले केही प्रश्न भएमा पार्टीका केन्द्रीय अध्यक्ष थापासँग जवाफ लिन पनि आग्रह गरिन् ।

प्रतिक्रिया