आइतबार, वैशाख २८, २०८२

सेमिफाइनल पुग्न आजको खेल आर्मी जित्नैपर्ने

नेपालखोज २०७९ कार्तिक २२ गते ९:३०

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय  क्रिकेट प्रतियोगिता अन्र्तगत मूलपानी मैदानमा अहिले त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश खेलिरहेको छन् । समूह ए को अन्तिम रहेको यो खेलमा कर्णालीले टस जितेर आर्मीलाई ब्याटिङको निम्ता दिएको छ ।

आर्मीलाई सेमिफाइनलमा स्थान सुरक्षित गर्न आजको खेल जित्नैपर्ने दबाव छ भने कर्णाली भने सान्त्वना जितको खोजीमा छ ।  यसअघि खेलेका तीनमध्ये दुईमा जित र १ खेल हारेको ब्यहोरोको आर्मीको  ४ अंक रहेको छ । ऊ अंकतालिकाको तेस्रो स्थानमा छ । आफ्ना सबै खेल खेलिसकेको गण्डकी अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

आर्मीले आजको खेल हारे गण्डकी सेमिफाइनल पुग्नेछ । ७ अंक जोड्दै शिर्ष स्थानमा रहेको एपिएफ समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ । सोही समूमा रहेको सुदूरपश्चिम र कर्णाली बाहिरिसकेका छन् । 

प्रतिक्रिया