एलन मस्कद्वारा ट्विटरको नियममा अनेकौं परिवर्तन

काठमाडौं । एलन मस्कले ट्विटर किन्ने इच्छा व्यक्त गरेदेखि नै उनी र ट्वीटर दुवै चर्चामा छन् । अहिले उनले ट्वीटर किनेर त्यसमा अनेकौं परिवर्तन गर्न थालेका छन् । ब्लु टिकका लागि ८ डलर लिने निर्णय होस् वा यसका कर्मचारीहरू निकाल्ने वा राख्ने कुरा होस परिवर्तनको यो क्रम जारि नै छ । अब यो एपिसोडमा अरु धेरै परिवर्तनहरु थपिएका छन्, जसको जानकारी एलन मस्क आफैले दिएका छन् ।
एलन मस्कले ट्विटरका प्रयोगकर्ताहरूका लागि नयाँ(नयाँ नियमहरू ल्याइरहेका छन्। यसको गोपनीयता, सुरक्षा र प्रामाणिकताको सन्दर्भमा पनि थुप्रै परिवर्तनहरू भइरहेका छन्। कम्पनीको जिम्मेवारी सम्हालेको एक सातापछि एलन मस्कले ट्वीटरको केहि नियम परिवर्तन भएको जानकारी दिएका हुन् । समयसँगै यसको नियममा परिवर्तन भइरहने उनले बताए । यीमध्ये धेरैजसो नियम पहिलेको जस्तै भए पनि यसमा केही नयाँ नियम पनि थपिएका छन् ।
सेफ्टी फिचर:
हिंसा सम्बन्धी सुरक्षा सुविधाले कुनै पनि व्यक्ति वा व्यक्तिहरूको समूह विरुद्ध हिंसाको धम्की दिन सकिदैन भनी बताउँछ। ट्वीटरमा हिंसाको प्रशंसा पनि बर्जित छ ।
आतंकवाद तथा हिंसात्मक अतिवाद :
ट्वीटरमा आतंकवाद वा हिंसात्मक चरमपन्थलाई समर्थन गर्दै धम्की दिन वा प्रचार गर्न सकिदैन ।
बाल यौन दुर्व्यवहार :
ट्वीटरले बाल यौन दुर्व्यवहारका मामिलामा शून्य सहनशीलताको नीति लिएको छ।
दुर्व्यवहार र उत्पीडन :
ट्वीटरमा कुनै पनि उत्पीडनमा संलग्न हुन सकिदैन वा कुनै व्यक्तिलाई त्यसो गर्न उक्साउन सकिदैन ।
मस्कले नियममा के कस्तो परिवर्तन गरे ?
एलन मस्कले नयाँ नियमहरू ल्याएका छन् भने भ्रामक र नक्कली एकाउन्ट पहिचानको नयाँ नियम समेत थपेका छन् । यसले व्यक्तिहरू, समूहहरू वा संस्थाहरूलाई लक्षित गरेको छ जो अरुलाई बहकाउन, भ्रमित गर्न वा धोका दिन चाहन्छन ।
यदि कसैले त्यस्तो गरेको पाइयो भने उसको एकाउन्ट बन्द हुनेछ । यसका साथै मस्कले भिडियो पोस्ट गर्ने नियम पनि परिवर्तन गरेका छन् । भिडियो सेक्सनमा कुनै पनि भिडियो सामग्री ट्वीटरको सहमति बिना पोस्ट हुने छैन। यसमा प्रि(रोल भिडियो बिज्ञापन , प्रायोजित ग्राफिक्स जस्ता कुरा पनि सामेल छन ।
अन्य परिवर्तनहरू के छन ?
ट्वीटरको नयाँ नीति अनुसार यसको सेवा आफ्नो जानकारि कृत्रिम रूपमा विस्तार गर्न वा जानकारीलाई दबाउन वा ट्विटरमा मानिसहरूको अनुभवलाई हेरफेर वा बाधा पुर्याउने व्यवहारमा प्रयोग गर्न सकिदैन । साथै, यो पनि भनिएको छ कि जुन कुरा भ्रामक छ , जुन हानिकारक हुन सक्छ त्यसमा लगाम लगाउन सकिनेछ ।








प्रतिक्रिया