पूर्ण चन्द्रग्रहण पछाडिको विज्ञान ?

काठमाडौं । पूर्ण चन्द्रग्रहण (सुपर फ्लावर ब्लड मुन) तब हुन्छ जब पृथ्वी सूर्य र चन्द्रमाकोबीचमा सीधा रेखामा आउँछ । अर्कोतर्फ, पृथ्वीको सम्पूर्ण छायाँ चन्द्रमामा पर्दा पूर्ण चन्द्रग्रहण लाग्दछ, जसलाई उम्ब्राु भनिन्छ। यसरि हेर्दा, पृथ्वीको छायालाई दुई भागमा वर्गीकृत गरिएको छ( पहिलो छायाको भित्री भाग हो, जहाँ सूर्यको प्रत्यक्ष प्रकाश पूर्ण रुपमा अवरुद्ध हुन्छ । अर्को भाग पेनम्ब्रा हो जहाँ प्रकाश आंशिक रुपमा अवरुद्ध छ।
किन हरेक महिना चन्द्रग्रहण लाग्दैन भन्ने कुरा धेरैको मनमा उठन सक्छ । चन्द्रमाले प्रत्येक २७ दिनमा पृथ्वीको वरिपरि एक परिक्रमा पूरा गर्दछ । पृथ्वीको वरिपरि चन्द्रमाको परिक्रमा सूर्यको वरिपरि पृथ्वीको परिक्रमाको तुलनामा केहि झुकेको हुन्छ , त्यसैले चन्द्रमा प्राय: पृथ्वीको छाया माथि वा तल जान्छ । जबकि चन्द्रग्रहण तब मात्र सम्भव हुन्छ जब चन्द्रमा सूर्यको सापेक्षमा पृथ्वीको सीधा पछाडि रहेको परिक्रमा रेखामा हुन्छ ।
पूर्ण चन्द्रग्रहणको अर्को विशेषता भनेको पूर्ण चन्द्रग्रहण लाग्दा चन्द्रमाको आभा रातो देखिनु हो । चन्द्रग्रहण लाग्दा सूर्यको किरण पृथ्वीको वायुमण्डलमा रहेको ग्याससँग ठोक्किन्छ र नीलो रङ जसको तरंग दैर्ध्य कम हुन्छ, त्यसको प्रकाश फिल्टर हुन्छ भने रातो रङ लामो तरंग दैर्ध्यका कारण सजिलै छिर्दैन ।
जब त्यो रातो उज्यालोको केही भाग पृथ्वीको वायुमण्डलबाट जान्छ, यो अपवर्तित वा झुकेको हुन्छ। यस्तो अवस्थामा चन्द्रमा रातो बत्ती झैं चम्किन्छ । यद्यपि, पूर्ण चन्द्रग्रहणमा चन्द्रमाको रातोपन ज्वालामुखी विष्फोट, आगो र धुलोको आँधीले सिर्जना गरेको वायुमण्डलीय अवस्थाबाट प्रभावित हुन सक्छ।

प्रतिक्रिया