ढकाललाई चुनाव प्रचारमा रोक नलगाईएको दाबी !

डडेलधुरा । जिल्ला प्रसाशन कार्यलय डडेलधुराले सागर ढकालको चुनाव प्रचारमा रोक नलगाएको दाबी गरेकाे छ । विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित ‘प्रहरी प्रशासनद्वारा प्रचार प्रसारमा रोक’ भन्ने समाचार प्रति जिल्ला प्रशासन कार्यालय डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको हाे ।
आज एक विज्ञप्ति जारी गर्दै आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरुको प्रचार प्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाईएको व्यहोरा बताएकाे हाे ।
‘निर्वाचन आचार संहितामा व्यवस्था भए वमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई संचालन गरिने प्रचार प्रसारका कार्यक्रमहरुमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरुको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया