शनिबार, असार २१, २०८२

लाओसमा डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

नेपालखोज २०७९ कार्तिक २२ गते २१:३६

भेन्टियान । लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मङ्गलबार जारी गरेको प्रतिवेदनले देशमा डेंगु ज्वरोका ४३ नयाँ बिरामी देखिएकोर २२ जनाको मृत्यु भएकोमा बताएको छ ।

सबैभन्दा बढी डेंगुका बिरामी लाओको राजधानी भेन्टियानमा १४ हजार ७८८, लुआङ नम्था प्रान्तमा ४ हजार ३५६ र अटापेउ प्रान्तमा १ हजार ५ सय ७१ जनामा भेटिएका छन् । लाओ स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी विधिको रूपमा पाँचवटा सरल उपायहरू सुझाव दिएको छ जुन यस क्षेत्रभरका घरपरिवारले अभ्यास गरिरहेका छन् ।

यी उपायहरूमा सबै प्रयोग नगरिएका कन्टेनरहरू बन्द गर्ने र सिल गर्ने, सबै पानीका भाँडाहरू बाहिर खुला नराख्ने, घरवरिपरि सफा राख्ने र साना गप्पी माछाहरू राख्ने जसले लामखुट्टे खाने गर्द्छन् ।

प्रतिक्रिया