शनिबार, जेठ ५, २०८१

गौराती मेलामा दर्शनार्थीको घुइँचो

नेपालखोज २०७९ कार्तिक २३ गते १६:०१

सिन्धुपाल्चाेक । कात्तिक पूर्णिमाको रात सिन्धुपाल्चोककै प्रख्यात गौराती भीमेश्वर मेलामा बत्ती बाल्ने व्रतालुको सङ्ख्या पन्ध्र हजारभन्दा बढी पुगेका छन् । मेलामा रातमा जाग्राम बसी बत्ती बाल्ने परम्परा रहेको छ ।

हरेक वर्ष कात्तिक पूर्णिमाको दिन लाग्ने गौराती मेलामा जिल्लाका विभिन्न गाउँ, काभ्रे, दोलखा, रामेछाप, भक्तपुर, काठमाडौं , ललितपुर, चितवन, गोर्खा जिल्लाका हजारौँ नरनारीले मेला सहभागि भएको गौराती विकास समाजले जनाएको छ

मन्दिरमा दुई हजार भन्दा बढी पशुपक्षीको बलि चढाइएको मन्दिरका पुजारी हीराराज श्रेष्ठ बताउनुहुन्छ । चार सय ३० वर्ष पुरानो मानिएको सो मन्दिरमा चौताराबाट गुठियारहरूले भीमेश्वरको रथलाई बाजागाजासहित पूर्णिमाको साँझ ल्याएर मिलन गराइएको थियो ।

गौरातीबाट आज साँझ परम्परागत कुसुलेहरूले बाजागाजासहित पुनः फर्काइएको रथलाई चोक/ चोकमा पूजाआजा गरी चौताराको पुरानो बजारमा रहेको भीमेश्वरको मन्दिरमा भित्यत्राएपछि विधिवत् रूपमा मेला सकिने छ । चौताराका नेवार समुदायले मेलालाई चाडकै रूपमा लिने गरेको स्थानीयवासी रवीन्द्र श्रेष्ठले बताए । रासस

प्रतिक्रिया