आइतबार, वैशाख २८, २०८२

पाकिस्तान टी-ट्वान्टी विश्वकपको फाइनलमा

नेपालखोज २०७९ कार्तिक २३ गते १८:३३

काठमाडाैं । पाकिस्तान आईसीसी टी-ट्वान्टी विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले स्तब्ध गर्दै पाकिस्तन पाकिस्तान फाइनल प्रवेश गरेको हो ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।

पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटकटी-ट्वान्टी विश्वकपको फाइनलमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्यान्ड भिड्नेछन् । विजेताले  उपाधिका लागि आइतबार पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया