प्रधानमन्त्री कपमा आजदेखि सेमिफाइनलका खेल
नेपालखोज
२०७९ कार्तिक २४ गते ७:०१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मधेस प्रदेश खेल्नेछन् ।
यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मीबीचको दोस्रो सेमिफाइनल कात्तिक २५ गते त्रिवि मैदानमै हुनेछ । प्रतियोगिताको फाइनल कात्तिक २६ गते शनिबार हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया