अस्पताल गएको बिरामी फर्केर नआएको !
अर्जुन पराजुली
२०७९ कार्तिक २५ गते १४:१८

भोट दिनुअगाडि
सम्झनू-
कोरोनाको महामारी पनि
कात्रोमा खल्ती लाएको !
सम्झनू-
खाने मौका यही हो भनी
सिटामोलमा पनि कमिशन खाएको !
सम्झनू-
अक्सिजन नदिएर सरकारले
अस्पताल गएको बिरामी फर्केर नआएको !!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित

प्रतिक्रिया