विश्वको ८ अर्ब जनसङ्ख्याले चुनौती थपेको दावी

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नोभेम्बरको मध्यसम्ममा विश्वको जनसंख्या आठ अर्ब नाघ्न लागेकोमा वैज्ञानिक उपलब्धि र पोषण, जनस्वास्थ्य र सरसफाइमा भएको सुधारका कारण यस्तो भएको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘यद्यपि मानव परिवार जति ठूलो हुँदै गएको छ, त्यति नै विभाजित हुँदै गएको पनि उनले बताए । अर्बौं जनता सङ्घर्षमा छन्, करोडौंले भोकमरीको सामना गरिरहेका छन् । ठूलो संख्यामा मानिसहरू नयाँ अवसरहरू खोजिरहेका छन्, तिनीहरू ऋणबाट बाहिर निस्कन अनि युद्ध र जलवायुको प्रकोपबाट जोगिन चाहन्छन् । विश्वव्यापीरुपमा ब्याप्त धनी र पिछडिएका बीचको खाडल कम नगरेसम्म हामी तनाव र अविश्वास, संकट र द्वन्द्वले भरिएको आठ अर्ब मानिसको सुखि संसारको कल्पना गर्न सक्दैनौं ।’
तथ्याङ्कहरू साक्षि छन् केही अरबपतिहरूसँग संसारका सबैभन्दा गरिब आधा मानिसहरूको बराबर सम्पत्ति छ। एन्टोनियो गुटेरेस भन्छन्, ‘विश्वव्यापी रूपमा शीर्ष एक प्रतिशत मानिसले विश्वको आयको पाँचौं भाग पाउँछन्, जबकि धनी देशहरूमा मानिसहरूले गरिब भन्दा ३० वर्ष बढि बाँच्ने आशा गर्न सक्छन्। पछिल्ला दशकहरूमा विश्व धनी र स्वस्थ बन्दै गएपनि यी असमानताहरू पनि बढेका छन्।
गुटेरेस भन्छन्, ‘दीर्घकालीन प्रवृत्तिका साथसाथै हामीले वातावरणीय संकट र कोरोना महामारीबाट जस्ता गम्भीर समस्याहरूको पनि सामना गरिरहेका छौं। हामी बिस्तारै जलवायु प्रकोप, उत्सर्जन र बढ्दो तापक्रमतर्फ अघि बढिरहेका छौं । ग्लोबल वार्मिंगमा कुनै पनि योगदान नगर्ने देशहरूलाई पनि यसले असर गरेको छ । उनले युक्रेनमा जारी युद्धले खाद्य, ऊर्जा तथा आर्थिक संकट सिर्जना गरिसकेको र त्यसको नराम्रो असर विकासोन्मुख देशहरूमा परेको बताए ।
यी असमानताहरूले सबैभन्दा बढी महिला, बालिकाहरू तथा कमजोर वर्गहरूलाई असर गर्छ, जुन पहिले देखि नै गम्भीर भेदभावमा परेका छन्। धेरै देशहरू गहिरो ऋणमा डुबेका छन्, गरिबी र भोकमरी बढ्दै गएको छ अनि यसले जलवायुलाई पनि असर गरिरहेको छ र यो संसार थप चुनौतीहरुले घेरिदैछ ।
स्रोत : बीबी








प्रतिक्रिया