६ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य
नेपालखोज
२०७९ कार्तिक २७ गते ११:२९

काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ ६ सयले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ ।
पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । भाउ अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया