बिहीबार, वैशाख ६, २०८१

दोस्रो दिन बढ्यो ‘उचाइ’काे कमाई

नेपालखोज २०७९ कार्तिक २७ गते १३:००

काठमाडाैं । यो नोभेम्बर महिनामा धेरै बलिउड फिल्म रिलिज भए पनि सबै चलचित्रलाई दर्शकको मन जित्न मुस्किल परेको छ र बक्स अफिसमा मन्दि पनि छ । यद्यपि गत शुक्रबार अमिताभ बच्चन-अनुपम खेर तथा बोमन इरानीको उचाइ रिलिज भए सँगै के भयो, जुन कसैले सोचेका थिएनन् ।

जम्मा ५०० स्क्रिनमा रिलिज भएको यो फिल्मलाई दर्शकले निकै रुचाएका छन् । नोभेम्बर ११ मा रिलिज भएको फिल्म उचाईले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । पहिलो दिन चलचित्र हेर्न ठूलो संख्यामा दर्शकहरु सिनेमा हल पुगेका थिए, जसबाट चलचित्रलाई दर्शकले रुचाएका छन् भन्ने प्रष्ट अनुमान गर्न सकिन्थ्यो । फिल्मले पहिलो दिन १.५० करोड भारु कमाएको थियो ।

चलचित्रले राम्रो समिक्षा पाएपछि शनिबार हलमा दर्शकको भीड लागेको छ । रिपोर्ट अनुसार शनिबार फिल्मले ३ करोड ३० लाख भारु कमाएको छ । यस अनुसार फिल्मले हालसम्म करिब ८ करोड नेपाली रुपैयाँ आफ्नो खातामा जम्मा गरिसकेको छ । कम पर्दामा रिलिज भए पनि टिकट विन्डोमा फिल्मले राम्रो व्यापार गरिरहेको छ ।

यो चलचित्रको कथा चार जना साथीमा आधारित छ । अवकाशको उमेरमा सगरमाथा आधार शिबिर पुगेका मित्रहरुको य‍ो फिल्ममा नीना गुप्ता, सारिका र परिणीति चोपडाको पनि अभिनय छ । चलचित्र ‘उँचाई’लाई सुरज बडजात्याले लेखेका हुन् भने निर्देशन पनि उनिआफैंले गरेका हुन् ।

प्रतिक्रिया