नेपाल टेलिकमको निर्वाचन अफर

नेपालखोज २०७९ कार्तिक २७ गते १४:५४

काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्न निर्वाचन अफर सार्वजनिक गरेको छ ।

एनटिसिका अनुसार डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ ।
यसैगरी, ६ जिबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ रुपैयाँमा उपलब्ध छ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपीएस डाटा तथा अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यो अफर आज (आइतबार) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने बताइएको छ ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट ८१४१५८११३ डायल गरी वा नेपाल टेलिकम एपु प्रयोग गरी यी सुविधा खरिद गर्न सकिने नेपाल टेलिकमले बताएको छ ।

प्रतिक्रिया