यी प्रदेशमा छन् वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभाग जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ भने प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे ।
त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू/भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया