कमल थापाकाे आराेप- विदेशीकाे इसारामा गठबन्धन

नेपालखोज २०७९ कार्तिक २८ गते ९:४८

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन विदेशीको प्रेरणाबाट बनेको बताएका छन् । एमालेको सूर्य चिह्नबाट निर्वाचन लडिरहेका अध्यक्ष थापाले ‌‌एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै यस्ताे बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ भनेका छन् । 

प्रतिक्रिया