२० वर्षसम्म गठबन्धन कायमै रहन्छ- प्रचण्ड
नेपालखोज
२०७९ कार्तिक २८ गते १४:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धन अहिलेको चुनाव सम्म मात्र नभई २० वर्षसम्म निरन्तर लगिने बताएका छन् ।
उनले भने, ‘जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि खतरा चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ।’ प्रचण्डले कम्तिमा १०, १५ र २० वर्षसम्म गठबन्धनलाई कायमै राख्ने बताएका हुन् ।
उनले केपी शर्मा ओलीसँग एकता गरेर ज्ञान प्रप्त गरेको समेत बताएका छन् । उनले कपी ओली धोका, ब्यमानी र सड्यन्त्र गरेर संविधान सिध्याउन लुकेर बसेको समेत बताए ।
सम्बन्धित

प्रतिक्रिया