ओमेगा सिकी सफल इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी

काठमाडौं । वातावरण मैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकल प्रति आम जनमानसको चासो र मार्केट दिन प्रतिदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने इलेक्ट्रिक भेहिकलको कुरा गर्दा ओमेगा सकी नाम आहिले आम रुपमा आकर्षणको केन्द्र बनेको छ । यसकारण आकर्षणको केन्द्र बनेको छ कि ओमेगा सिकी छोटो समय मै विश्वको ठुलो इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने कम्पनि बनेको छ ।
ओमेगा सिक्की कस्तो कम्पनि हो ?
ओमेगा सिक्की मोबिलिटी (ओएसएम) को सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ। समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ।
विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रा. तिम. कम्पनीले आफ्नो इन–हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरु आकर्षक डिजाइनमा विकास गरेको छ । रेज प्लस र स्ट्रिम ब्रान्ड अन्तर्गतका गाडीहरु भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीले प्रयोग गर्छन् ।
कार्गो सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनि सुरुवात भएको कम्पनिको वेबसाइटमा उल्लेख छ ।इलेक्ट्रिक थ्री व्हिलर वाट आफ्नो यात्रा सुरुवात गरेको कम्पनिले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउदै छ ।
ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने उदेश्यले एमएडब्लू भृद्धिले ३० असोज ओएसएमका तीन पांग्रे विद्युतीय सवारीनेपाली बजारमा ल्याउने भएको छ ।

प्रतिक्रिया