पछिल्लो चौबीस घण्टामा ०९ संक्रमित, २३ जना निको
नेपालखोज
२०७९ कार्तिक २८ गते १६:२६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ०९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा ०९ जनामा कोरोना संक्रमण देखिएको हो ।
६७२ जनाको पीसीआर परीक्षण गर्दा ०८ जनामा र ७५३ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४९९ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया