चन्नहवाका थारु अगुवा भन्छन, गहतराज र फुलारामलाई भोट

कोहलपुर । कोहलपुर १५ चन्नहवाका थारु अगुवाहरुले यस पटकको भोट बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई दिने प्रतिबद्धता जनाएका छन । विकासले पछाडी परेको चन्नहवा गाँउका थारु आगुवाहरुसँगको भेटमा उनिहरुले परिर्वतनको आन्दोलनमा योगदान भएका बताए ।
थारु समुदायको अधिकारका लागी संघर्ष गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धन बनेकोमा खुसि व्यक्त गर्दै प्रतिनिधी सभातर्फका साझा उम्मेदवार महेश्वर जंग गहतराजलाई गोलकार भित्रको हँसिया हथौडा र प्रदेश सभामा फुलाराम थारुलाई रुख चिन्हमा मतदान गर्ने बताए ।
उनिहरुले अब बन्ने गठबन्धनको सरकार र स्थानिय सरकार मिलेर पेडारी नालामा पुल तथा बिद्यालयको भवन निर्माण गरिदिन माग गरे । साथै चन्नहवा गाँउसम्म जाने बाटो कालोपत्रे गर्न समेत उनिहरुको माग छ । स्थानियसँगको अअन्तरक्रिलयाका लागी पुगेका प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आगामी ५ वर्ष भित्र पेडारी नालामा पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै उनले विद्यालयको टिनको छानो हटाउने आफ्नो योजना रहेको भन्दै आगामी वर्ष बिद्यालय भवन निर्माण गरिने बताए ।
उनले स्थानिय सरकारसँग मिलेर काम गरि यस क्षेत्रको बिकासका काम गर्न चाहेको भन्दै कोहलपुरको युवा नेतृत्वसंग मिलेर कोहलपुरलाई आधुनिक र ट्रान्जिट सहरको रुपमा बिकास गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी, लगायतको सहभागीता रहेको छ
। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बाँके १ का निर्वाचन परिचान समिती संयोजक नरेन्द्र न्यौपाने, गठबन्धनका १ (२) का निर्वाचन परिचालन समिती सह संयोजक दामोदर अधिकारी , नेपाली काँग्रेसका नगर अध्यक्ष एवं कोहलपुर १२ का अध्यक्ष बिरेन्द्र शाह, १५ अध्यक्ष दिपेन्द्र चौधरी, १४ का अध्यक्ष नम बहादुर आले, नगर ईन्चार्ज तुला राज बिष्ट, अध्यक्ष अवराज खड्का लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया