पहाडी भू-भागमा वर्षा, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा देशको कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम ,कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया