प्रधानमन्त्री देउवा दैलेख जाँदै
नेपालखोज
२०७९ कार्तिक २९ गते १३:०१

काठमाडाै । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने कार्यक्रम रहेकाे छ ।
कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जान लागेकाे नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिए ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको केसीले बताए ।
उनीहरु आजै नवलपरासीको कार्यक्रममा सहभागी भइ आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्नेछन् ।
सम्बन्धित

प्रतिक्रिया