आँखा चिम्लेर हिँड्ने नेतालाई कुन्तीको चेतावनी

नेपालखोज २०७९ कार्तिक २९ गते १७:००

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट राप्रपाकी केन्दीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार कुन्तीदेवी पोख्रेलले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाएकी छिन् । उनले चुनाव प्रचारका क्रममा मतदातासँग आफ्ना कार्ययोजनाहरु पनि सँगै प्रस्तुत गरेकी छिन् ।

उनले विकासनिर्माणका लागि संसदबाट बजेट विनियोजन हुन्छ, त्यो विनियोजित बजेट सर्लक्क सम्बन्धित क्षेत्रमा प्रयोग हुने हो भने पक्कै पनि विकास हुन्थ्यो तर त्यसरी छुट्ट्याइएका बजेट काम गर्नुभन्दा पहिला घोटाला हुने भएका काम बीचमै रोकिएकाले त्यस्ता भ्रष्टाचारीलाई आफूले तह लगाउने बताएकी छिन् ।

उनले बजेट बीचैमा घोटाला हुने भएकाले नै बाटोघाटो, सडक, बत्ती, खानेपानी, शिक्षा, स्वास्थ्य तथा राष्ट्रिय गौरवका बहुआयामिक योजनाहरु लथालिङ्ग हुने गरेको बताउँदै आफूले चुनाव जितेमा त्यस्ता विकास मारा भ्रष्टाचारीहरुको फाइल खोजेर कारबाहीका लागि लड्ने बताइन् । उनले आज कोटेश्वर, तीनकुने, सुविधानगर र त्यसका आसपासका क्षेत्रका मतदातासँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले भनिन्, ‘विगतमा भएको जस्तो ढिलासुस्ती, अनिमितता र भ्रष्टाचार अब हुन नदिने त्यसको लागि आफूले काठमाडौंमा जित्नुपर्ने दावी गरिन् ।

शिक्षा र रोजगारीको लागि युवाहरु विदेश पलायन भएका कारण देश जर्जर भइरहेको भन्दै आफूले जितेमा युवाले छोराछोरी पढाउन र दुई छाक टार्नकै लागि विदेश पलायन हुनुपर्ने बताइन् । उनले अहिले नेपालमा युवाको लागि रोजगारीको ठूलो समस्या भएको र यदि रोजगारी पाइहाले पनि उनीहरले उचित पारिश्रमिक नआउने भन्दै आफूले चुनाव जितेमा महंगी धान्ने उचित पारिश्रमिकको व्यवस्था हुनुपर्ने त्यसको लागि आफूले पहल गर्ने बताइन् ।

प्रतिक्रिया