आइतबार, जेठ ५, २०८२

अमेजनले १० हजार कर्मचारी हटाउने

नेपालखोज २०७९ कार्तिक २९ गते २०:३६

काठमाडाैं । न्यूयोर्क टाइम्सको दाबीअनुसार अमेजनले आफ्ना करिब १०,००० कर्मचारीलाई हटाउने तयारी गरिरहेको छ । यदि यसो भयो भने, अमेजन ती टेक कम्पनीहरूको सूचीमा सामेल हुनेछ जसले ठूलो मात्रामा कर्मचारीहरु हटाइरहेका छन् ।

अखबारको रिपोर्टअनुसार ती कर्मचारीहरू अमेजनको उपकरण विभाग, खुद्रा विभाग तथा मानव संसाधन विभागसँग सम्बद्ध छन् । यो छाट्नीको असर कुन-कुन देशमा पर्नेछ भन्ने कुरा भने बताइएको छैन । समाचारमा बताइए अनुसार छाट्नीको यो संख्या परिवर्तन हुन सक्छ, तर यदि संख्या यहि कायम रहे यो कम्पनीको २८ वर्षको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेछ ।

यो संख्या अमेजनमा काम गर्ने कुल कर्मचारीको एक प्रतिशतभन्दा अलि कम हो । सेप्टेम्बरको अन्त्यसम्मको तथ्याङ्कअनुसार विश्वभर १५ दशमलव ४ मिलियन मानिस अमेजनका लागि काम गर्छन् । यसमा ती कामदारहरू पर्दैनन् जो क्रिसमस जस्ता बिदाहरूमा अस्थायी रूपमा काम गर्छन् । कोरोना भाइरसको प्रकोपका बेला घरमा थुनिएका मानिसहरूले अनलाईन सपिङ बढि गरे, जसका कारण अमेजनको व्यापार फस्टायो । त्यसपछि कम्पनीले धेरैलाई काममा राख्यो ।

२०२० को पहिलो त्रैमासिकको तुलनामा, यसले आफ्ना कर्मचारीहरूको संख्या दोब्बर बनाइसकेको थियो । दुई वर्षमा उसले आफ्ना कामदारको संख्या बढाएर १६ दशमलव २ लाख पुर्यायो । यद्यपि अर्थतन्त्र कमजोर भएपछि कम्पनीले दुई साताअघि नयाँ भर्नामा रोक लगाएको थियो । यो वर्षको सुरुको तुलनामा यसका कर्मचारीको संख्या घटेको छ ।

संसारभरको प्राविधिक क्षेत्र अहिले जागिर गुमाएको समाचारले भरिएको छ । गत हप्ता, फेसबुकको स्वामित्व कम्पनी मेटाले लगभग ११ हजार कर्मचारी हटाउने बताएको थियो । यो संख्या यसको कुल कर्मचारी संख्याको करिब १३ प्रतिशत हो । अनलाइन भुक्तानी कम्पनी स्ट्राइप तथा ट्याक्सी बुकिङ एप लिफ्टले पनि ठूलो संख्यामा कर्मचारीहरु हटाएको छ । एलोन मस्कले किनेको ट्विटरले पनि आफ्ना आधा कर्मचारीलाई बर्खास्त गरेको छ ।

प्रतिक्रिया