के भन्दैछन् बिनोद चौधरी ?

नवलपरासी । नवलपरासी क्षेत्र नम्बर ( १ का उम्मेदवार बिनोद चौधरि अहिले चर्चामा रहेका उम्मेदवार मध्ये एक हुन । चौधरि भन्दैछन्- आम मतदाताको उत्साह र उमंगले विकास र समृद्धिको जीत सुनिस्चित भएको मलाई महसुस भईरहेको छ .जनताको घरदैलोमा ब्यस्त बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार चौधरि यसपटकको निर्वाचनका सर्वाधिक धनी उम्मेदवार पनि हुन । हेरौ निर्वाचनका क्रममा उनले ब्यक्त गरेको बिचार :

अहिले म जति यो गहिरो यात्रामा छु त्यति चुनौती र अवसर नै अवसरहरू देख्दै छु। जीवन पक्कै सजिलो छैन। धेरैले हल्कासँग राजनीतिलाई लिन्छन् । टिप्पणी पनि गर्छन्। त्यसभित्र प्रवेश नगरी राजनीति के हो भनेर बुझ्न सकिँदैन। त्यसमा पनि खास गरेर जनताको राजनीति । जति नै मााथि आकाशमा उडेर उचाई छोएपनी मैले उडान सुरु गरेको र अवतरण गर्ने जमिन बिर्सेको छैन । व्यक्तिगत स्वार्थदेखी माथी उठेर यो ठाउँको लागि केही राम्रो गरौं भनेर लागिपरेको छु । यो माया, साथ र सहयोगले लगाएको गुनको ऋण मैले जिन्दगीभर तिरिरहने छु ।

म यो क्षेत्रमा शासन होईन सेवा गर्न आएको हुं । मलाई विश्वास गर्नेहरुलाई मेरो तर्फबाट कहिं कतै शिर झुकाउन पर्ने मौका दिनेछैन । यहाँ हरेक क्षेत्रमा समस्या छन, गुनासो हरेक कुरामा छन । सबैका ति समस्या र गुनासोहरू अबदेखि मेरा पनि हुन।

म सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस् । म सामान्य परिवारबाट आएको व्यक्ति हुँ। मेरो शिक्षादीक्षा पनि सामान्यरूपमै भयो । सरकारी स्कुलमै पढेर हुर्किएको हो म । रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट स्कुले शिक्षा हासिल गरेको हुँ । म पनि यहि समाजको एक सदस्य हु । समाज परिवर्तनको उत्तरदायित्व मेरो पनि हो । यो क्षेत्रमा रहने हरेक नागरिकको रहनसहन, शिक्षा, स्वास्थ, रोजगारी, सुरक्षाजस्ता हरेक कुरामा ध्यान दिई सबैको मुहारमा हाँसो खुशी ल्याउने मेरो कोशिस सधैं जारी रहने छ ।

मेरो भुमी नै मेरो अस्तित्व हो, यहाँको कला, संस्कृति, भेषभुषा, चलन्चल्ती मेरो पहिचान हो । राष्ट्र सेवामा लम्किएका मेरा यी पाईला अब रोकिने छैनन् । यहाँका मतदाताको अपार स्नेहले मलाई निकै उत्साहित बनाएको छ । मतादाताको मुख्य चासो विकास निर्माणमै छ । समृद्ध नवलपरासी निर्माण गर्नु मेरो प्राथमिकता हो ।
समस्या त सबैले देख्छन् , औंला ठडाउन पनि सजिलो छ , खोट लगाउन पनि सजिलो छ । तर अब हरेक क्षेत्रका समस्याको हरसम्भव समाधान खोजेर नवलपरासीको मुहार फेर्ने दायित्व मेरो हो । चिन्ता होईन चिन्तन गरेर यो क्षेत्रलाई विकासको बाटोमा डोर्याउने छु ।

हामी परिवर्तन चाहने मात्रै होइन , परिवर्तन गर्ने हो । सधैं यसरी नै सर्वसाधारण झुक्याउन, ठग्न अनि सत्ताको लिप्सामा मात्रै अल्झिन पाईंदैन । व्यवस्था परिवर्तन भईसक्यो , अब हामी सबै मिलेर हाम्रो अवस्था परिवर्तन गरौं ।आममानिसको अवस्था नफेरिएर नै म प्रत्यक्ष राजनीतिमा आएको हुँ ।

प्रतिक्रिया