पाकिस्तानलाई १–० ले हराउँदै नेपालले जित्याे मैत्रीपूर्ण खेल
नेपालखोज
२०७९ कार्तिक ३० गते १९:३७

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानमाथि १–० गोल अन्तरले जित निकालेको छ । मैत्रीपूर्ण खेलमा बुधबार पाकिस्तानलाई १–० ले हराउँदै नेपाल विजयी भएकाे हाे ।
बुधबार दशरथ रंगशालामा भएको खेलम नेपालले पाकिस्तानलाई १-० गोलले पराजित गरेको हो नेपालका फरवार्ड अन्जन विष्टले नेपालको लागि निर्णायक गोल गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । नेपालले पछिल्लोपटक पाकिस्तानलाई सन् २००८ मा हराएको थियो । उक्त खेलमा पनि नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।
सम्बन्धित
प्रतिक्रिया