गान्धी र पेरियार : एक प्रसंग

महात्मा गान्धीको परिचय त दिनु नपर्ला तर पेरियारको नाम धेरैले नसुनेको पनि हुन सक्छ । पेरियार यिनको छोटो नाम हो। यहि छोटो नामले भारतमा उनी चिनिन्छन वा प्रसिद्ध छन । पूरा नाम चाहिँ ई. वी. रामास्वमी नायकर हो । पेरियार शब्द तामिल भाषामा सम्मानित ब्यक्तीको अर्थमा बुझिन्छ । यिनको भारतको तामिलनाडु मा ई. १७ सेप्टेम्बर , १८७९ मा जन्म र २४ डिसेम्वर १९७३ मा मृत्यु भएको थियो ।
उनी पहिले एक ब्यापारी र धार्मिक ब्यक्ती थिए। पछी उनी हिन्दु धर्मको घोर आलोचक र बिरोधि भए । तामिलनाडुको आर्य ब्राह्मणको सामाजिक , संस्कृतिक र राजनैतिक वर्चस्व तोडनमा यिनको ठुलो भूमिका रहेको देखिन्छ । यिनी बीशौं शताब्दीका तमिलनाडुको एक प्रमुख राजनेता, दलित शोषित र गरीवहरुको उद्दारक थिए । यिनले जस्टिस पार्टीको गठन गरेका थिए। यिनी आधुनिक मानवतावादी चिन्तक थिए ।
यिनको सैद्धान्तिक उदेश्य हिन्दु रुढीबाद र जातिवादको बिरोध गर्दै दलितवर्ग र दलित समाजको उत्थान गर्नु थियो । पेरियारले यो मान्यता लाई आफ्नो मृत्यु पूर्व सम्म हिन्दु धर्ममा भएको रुढीबाद ,असमानता र अन्यायहरुको बिरोध गर्दै रहे । उनी नास्तिक थिए। गान्धी बिरोधी पनि थिए। तर गान्धी हत्या पछी भारतमा पेरियारले जति पनि सभाहरुमा भाग लिएर भाषण गरे त्यहाँ उनले गान्धी हत्याको निन्दा गरेको पाइन्छ।
गान्धीको नीति र बिचारको उनी बिरोधी भए पनि उनको गान्धी प्रती प्रेम र श्रद्धा भाव रहेको देखिन्छ। पेरियारले गान्धीको हत्या पछी लेखेका छन्- गान्धी हत्याको समाचारले मलाई अत्यन्तै दुस्ख लाग्यो । त्यो दुःखद् निधनमा मैले काबु पाउन सकिन । म त्यो दिन आफ्नो १५ बाइ १५ को कोठामा छटपटी रहें । गान्धी संग प्रेमको त्यो कारण मात्र हो , जो उनले देश सेवामा आफ्नो सम्पुर्ण जीवनलाई समर्पण गरेका थिए ।
उनको राजनितीको तरीकाहरु संग मेरो गहिरो मतभेद थियो। तर उनको अहिंसा , सत्य , र प्रेम लाई लिएर मेरो मनमा पूर्वाग्रह थिएन । उनको हत्याको त्यो बेला यही उनी संग मेरो शोकको कारण थियो । तर पेरियार बिरोधिहरु चाहिँ पेरियारको यो भनाइ पत्याउदैनन् । उनिहरु भन्छन्- गान्धी हत्यामा पेरियारले ब्यक्त गरेको भनाइहरु केवल गोहिले आँशु झारे जस्तै हो।

प्रतिक्रिया