जुम्लामा निर्वाचन सामग्री बाेकेकाे जिप दुर्घटना : ६ जना घाइते

नेपालखोज २०७९ मंसिर १ गते १७:५८

काठमाडाैं । जुम्लामा मतदान केन्द्रतर्फ गएकाे जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । निर्वाचन सामग्री लिएर जुम्लाको सदरमुकाम खलंगादेखि तातोपानी गाउँपालिका–८ मा रहेको जनजागृती माध्यमिक विद्यालय मतदान केन्द्र ताम्ती जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार जिप सडकदेखि करिब २० मिटर तल खसेको छ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र कार्यालय सहयोगी अंगराज गिरी घाइते भएका छन् ।

प्रतिक्रिया