सोमबार, पुष ७, २०८२

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा समर्पण एपीएफ मासिक पत्रिका विमोचन

नेपालखोज २०७९ मंसिर १ गते १९:२२

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंसीर १ गते एक कार्यक्रमका बीच ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचन गरेका छन् ।

उनले संगठनमा भएका गतिविधिहरुका बारेमा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु जानकार हुन भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका प्रकाशन संगठनको लागि एक ऐतिहासिक क्षण समेत हुने विश्वास व्यक्त गरे ।। महानिरीक्षक अर्यालले प्रधान कार्यालयदेखि फिल्ड लेवलसम्म भएका कामकारवाहीहरु समावेश गरी मासिक पत्रिका प्रकाशन गरिने भएको हुँदा सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरुले आफूले गरेका व्यवसायिक तथा प्रकाशन योग्य कार्यहरु समयमा नै उपलब्ध गरानुपर्ने बताए ।

उनले संगठनको यस उपलब्धी र प्रयासलाई भविश्यमा अझै बढि स्तरीय बनाउँदै लगिने भएको हुँदा मातहत कार्यालयहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो मनमा लागेका राय तथा सुझावहरु पेश गर्नुपर्ने विश्वास व्यक्त गरे । मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनाम सशस्त्र प्रहरी बल नेपालको भूमिका उल्लेखनीय रहने बताउँदै निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी कर्मचारीहरु जुन ठाउँमा परिचालित भएतापनि आ–आफ्नो ठाउँबाट उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

उक्त विमोचन कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपाल बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया