मंगलबार, वैशाख ११, २०८१

निजी क्षेत्रको तर्फबाट राष्ट्रिय व्यवसायिक पहलनिर्वाचन पर्यवेक्षण गर्दै

नेपालखोज २०७९ मंसिर १ गते १९:२८

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले २०७० सालको संविधानसभा निर्वाचनदेखि नै निरन्तर रूपमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको छ ।

सोही अनुसार संस्थाले निर्वाचन आयोगबाट आउँदो मङ्सिर ४ गतेको निर्वाचनका लागि पनि निजी क्षेत्रको तर्फबाट पर्यवेक्षण गर्ने अनुमति पाएको छ । यस पटक पहलले देशका छ वटा प्रदेशका २५ जिल्लामा एक सय २० जना पर्यवेक्षक परिचालनगरी निर्वाचन पर्यवेक्षण गर्न लागिरहेको एनबिआइले जानकारी दिएको छ ।

एनबिआइले खटाएका पर्यवेक्षकहरूलाई निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम कार्तिक ३० गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ। साथै पर्यवेक्षणका क्रममा आवागमन सहज पार्न खटाइएका पर्यवेक्षकहरूलाई संस्थाको परिचय खुल्ने खालको ज्याकेट तथा सवारी साधनका लागि ब्यानर समेत उपलब्ध गराएको एनबिआइले जनााएको छ ।

साथै निर्वाचन निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न हुनेमा एनबिआईले पुर्ण विश्वस्त रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया