नेप्से १,९३६ दशमलव ८३ अंकमा, सातामा पाँच अर्ब ३१ करोड रुपैयाँको काराेबार

काठमाडौं । यो साता नेप्से १९ सय ३६ दशमलव ८३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव छ अंकमा चढ्न सफल भएको छ । नियमित कारोबारका लागि सातामा नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेकोमा तीन दिन लगातार नेप्से बढ्दा यी दुवै सूचक बढेका हुन् । दुई सय ३२ वटा कम्पनीहरुको यो साता एक लाख पाँच सय १४ पटकको कारोबारमा एक करोड ४१ लाख पाँच हजार सात सय ५७ कित्ता किनबेच भएका छन् ।
सोही किनबेचका आधारमा सातामा पाँच अर्ब ३१ करोड ९५ लाख ९८ हजार छ सय ३१ रुपैंयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो । गत साता दुई सय २८ वटा एक लाख २८ हजार एक सय ३८ पटकको कारोबारमा एक करोड ८४ लाख ४३ हजार सात सय ८० कित्ता सेयर किनबेच भएका थिए । जसबाट उक्त साता सात अर्ब २३ करोड ७१ लाख ९० हजार दुई सय ६० रुपैंयाँको सेयर किनबेच हुन पुगेको थियो ।
यो साता नेप्से खुलेको मध्ये पहिलो र तेस्रो दिन नेप्से घटेको थियो भने दोस्रो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो । पहिलो दिन १० दशमलव ५४ अंकले घटेर एक हजार आठ सय ८३ दशमलव १६ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन भने २५ दशमलव ५७ अंकले बढेर १९ सय ३६ दशमलव ८३ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से बढेको थियो ।
यसैगरी पहिलो दिन एक दशमलव ८३ अंकले घटेर तीन सय ७० दशमलव ५३ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन चार दशमलव ४९ अंकले बढेर तीन सय ८१ दशमलव छ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स बढेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया