बेलायत पठाइदिन्छु भनी ठगी गर्ने कन्सल्टेन्सिका संचालक बस्नेत पक्राउ

नेपालखोज २०७९ मंसिर २ गते २१:४४

काठमाडौं । बेलायत पठाइदिन्छु भनी ठगि गर्ने कन्सल्टेन्सिका सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सोलुखुम्बुको थुलुङ गाउँपालिका २ घर भएका हाल काठमाडौंको मैतिदेवी बस्ने ३३ वर्षीय बस्ने तिलक बहादुर बस्नेत रहेका छन् ।

पुतलीसडकस्थित रेडजोन फाउन्डेसन नामक संस्था संचालन गरी बस्ने बस्नेतले पिडितहरुलाई अमेरिका, बेलायत लगायतका देशहरुमा भिसा उपलब्ध गराउने भनी प्रलोभन देखाइ पटक—पटक गरी ११ लाख २० हजार ठगी गरेका प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा उक्त कन्सल्टेन्सि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक प्रमाणपत्र प्रमाणीकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको पाइएकोले रेडजोन कन्सल्टेन्सि संचालक बस्नेतको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलिले काठमाडौंको पुतलीसडकबाट विहीबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका बस्नेतलाई ठगि सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया