सोमबार, पुष ७, २०८२

सबैभन्दा बढी बिक्री हुने एसयूभी

नेपालखोज २०७९ मंसिर ३ गते ९:३७

काठमाडाैं । कार किन्दा मानिसहरु प्रायः यस्तो कार चाहन्छन् जसमा सबै प्रकारका सुविधाहरू छन् । अहिले मानिसहरुको ध्यान एसयूभी कार किन्नेमा बढी छ । किनभने यी कारहरूमा सुरक्षा ब्यवस्था र फिचरहरू निकै बलिया छन्।

आउनुहोस् हेरौं ५ वटा शक्तिशाली एसयुभि कार जुन तपाईं आफ्नो घरमा भित्र्याउन सक्नुहुन्छमहिन्द्रा स्कर्पियो : महिन्द्रा स्कर्पियो भारतको सबैभन्दा प्रसिद्ध एसयुभि कार मध्ये एक हो। खासगरी ग्रामीण क्षेत्रमा यसको ठूलो माग छ । २.२ L mHawk इन्जिनद्वारा संचालित यो एसयुभिमा स्टेयरिङ माउन्टेड कन्ट्रोल, सेकेन्ड रो एसी भेन्ट्स, इलेक्ट्रिक पावर स्टेयरिङ र एलईडी टेल लाइटका साथ हाइड्रोलिक मेकानिज्म जस्ता मानक सुविधाहरू उपलब्ध छ।

टाटा नेक्सन : टाटा मोटर्सको नेक्सन कार सबैभन्दा धेरै बिक्री हुने एसयूभी कार मध्ये एक हो। यसका साथै यो कार सुरक्षित कारहरूमा पनि गनिन्छ। यो कारमा १.२ लिटर रेभोट्रोन पेट्रोल इन्जिन र १.५ लिटर रेभोटोर्क डिजेल इन्जिनका दुई विकल्प छन्। यो एसयूभीमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प छ ।

Kia Carens : Kia Carens अटो बजारमा द्रुत गतिमा लोकप्रिय बन्दै गएको छ । यो कारमा ६ वटा एयरब्याग, ईएसपी, हिल स्टार्ट असिस्ट, अल ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम तथा रियर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध छन । यसका अतिरिक्त छतमा माउन्टेड रियर एसी भेन्ट, पावर विन्डोज, पाँचवटा यूएसबी टाइप-सी चार्जिङ पोर्ट, छालाको सिट यसका थप बिशेषता हुन ।

हुन्डाई क्रेटा : हुन्डाई क्रेटाले मिड साइज एसयूभी सेग्मेन्टमा बिक्रीको हिसाबले कीर्तिमान बनाएको छ । यो एसयूभी सबैभन्दा धेरै बिक्री हुने कार मध्ये एक हो। यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर अडियो, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी, एलईडी ल्याम्प र दिन/रात IRVM जस्ता नवीनतम सुविधाहरू छन्।

भिटारा ब्रेन्जा : भिटारा ब्रेन्जा सबैभन्दा धेरै बिक्री हुने एसयूभी मध्ये एक हो। अहिले यसको नयाँ भेरियन्ट मारुती सुजुकी ग्राण्ड भिटारा पनि आएको छ । कम्पनीले यो कारको लुक पनि निकै आकर्षक बनाएको छ । मारुतीको यो एसयूभीले एलईडी डीआरएलसहितको हलोजन प्रोजेक्टर हेडलाइट, सबै सिटका लागि तीन-बिन्दु सिटबेल्ट, पछाडिको स्पोइलर, १७ इन्चको स्टिल ह्वील, ४.२ इन्चको TFT डिस्प्ले, कीलेस इन्ट्री र गो जस्ता उत्कृष्ट सुविधाहरू प्रदान गर्दछ।

प्रतिक्रिया