कैलाली जिल्लामा ५२ मतदान स्थल अतिसंवेदनशील

नेपालखोज २०७९ मंसिर ३ गते ९:३८

कैलाली । कैलाली जिल्लामा दुई सय ३७ वटा मतदानस्थल छन्, जसमा सुरक्षाका दृष्टिकोणले कैलालीका ५२ वटा मतदानस्थल अतिसंवेदनशील रहेका छन् । ५३ स्थल सामान्य र एक सय ३२ संवेदनशील रहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले ती निर्वाचनस्थल वर्गीकरण गरेको र अहिले प्रहरी प्रशासनले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएको उनले बताए ।

‘मतदानस्थलको संवेदनशीलताका आधारमा सुरक्षा प्रबन्ध मिलाउने र सचेतना अपनाई निर्वाचनलाई स्वच्छ र मर्यादित तवरले सम्पन्न गराउनेमा हामी चनाखो छौँ’, उनले भने, ‘निर्वाचन शान्तिपूर्णरूपमा निष्पक्ष र भयरहित वातावरण सम्पन्न गराउन सबै संयन्त्र परिचालन गरेका छौँ ।’

प्रतिक्रिया