कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा, बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा

नेपालखोज २०७९ मंसिर ३ गते ९:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ शून्य पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ २६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५६ रुपैयाँ १८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ६९ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया