शनिबार, असार २१, २०८२

तनहुँमा आठ सय २३ जनामा डेंगु संक्रमण

नेपालखोज २०७९ मंसिर ३ गते १५:००

तनहुँ । तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । डेंगु संक्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । धेरैजसो डेंगु पोजेटिभका बिरामीे आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेंगु संक्रमण भएको छ । कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेंगु संक्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

‘मलाई पनि डेंगु संक्रमण भयो, शरीर निकै दुख्ने रहेछ, सङ्क्रमण भएप्छि १० दिन सुत्नुपर्‍यो तर अहिले निको भएको छ,’ उनले भने । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ ।

डेंगुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताए । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेंगु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी दिए ।

प्रतिक्रिया