आइतबार, जेठ ६, २०८१

फिफा विश्वकप २०२२ मा कति राष्ट्र सहभागी हुनेछन् ?

नेपालखोज २०७९ मंसिर ४ गते १०:३७

काठमाडौ‌ । विगत ४ वर्षदेखि २२ औं संस्करणको फिफा विश्वकपमा सहभागी हुन २१० वटा मुलुकले पहल गरिरहेका थिए । यद्यपि विश्वकपमा आयोजक राष्ट्र कतारसहित ३२ देशले मात्र सहभागिता जनाउने छन् ।

कतारको टिकट काटन सफल देश : अमेरिका , मेक्सिको , क्यानाडा , क्यामरुन , मोरक्को , ट्युनिसिया , सेनेगल, घाना, उरुग्वे, इक्वेडर, अर्जेन्टिना, ब्राजिल, पोल्याण्ड, पोर्चुगल, स्विट्जरल्याण्ड, नेदरल्याण्ड , इङ्गल्याण्ड, सर्बिया, स्पेन, क्रोएसिया, बेल्जियम, फ्रान्स डेनमार्क , जर्मनी , जापान , वेल्स , साउदी अरब , दक्षिण कोरिया तथा इरान ।

२०१८ मा सम्पन्न पछिल्लो फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको थियो । रसियामा भएको उक्त प्रतियोगिताको रोमाञ्चक फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलको अन्तरले पराजित गरेको हो । त्यो फ्रान्सले विश्वकपको उपाधि जितेको दोस्रो अवसर थियोे ।

फिफाको शीर्ष वरियतामा रहेका १० मुलुक – ब्राजिल , बेल्जियम , फ्रान्स , अर्जेन्टिना इंग्ल्याण्ड , इटाली , स्पेन , पोर्चुगल, मेक्सिको तथा नेदरल्याण्ड हुन । यो बरियतामा भएको इटालिले यस पटकको छनौट चरण नै पार गर्न सकेन । फिफा विश्वकप २०२२ को तालिका यस्तो छ : सहभागी ३२ देशमध्ये ४–४ वटा देशलाई ८ वटा समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया