फिफा विश्वकप हेर्न कतार पुगेका महिलाहरुले छोटा र टाइट पहिरन लगाउन नपाउने

काठमाडौं । कतार फिफा विश्वकप- २०२२ का लागि तयार छ । कतार फुटबल विश्वकपजस्तो ठूलो प्रतियोगिता आयोजना गर्ने पहिलो मध्यपूर्वको देश बने पनि यसको आयोजना लाई लिएर लगातार प्रश्न उठिरहेको छ । अहिले कतारमा फुटबलप्रेमीहमाथि लगाइएको प्रतिबन्ध पनि चर्चामा छ ।
फिफा विश्वकपमा फुटबल प्रेमिहरुले धेरै रमाइलो गर्छन् तर कतारमा त्यसो गर्न दिइने छैन । मिडिया रिपोर्टरहरुका अनुसार कतारमा फुटबलप्रेमिहरु माथि अनेकौं प्रतिबन्ध लगाइएको छ । वास्तवमा त्यहाँ केही नियम लागू गरिएका छन् जसको उल्लंघन गर्दा ठूलो मूल्य चुकाउनु पर्नेछ । यसका लागि जेल र जरिवाना दुवै हुनसक्छ ।
समाचार अनुसार फिफा विश्वकपका खेलहरुमा स्टेडियममा उपस्थित महिला दर्शकहरुको पहिरनमा कडा नियम लागू गरिएको छ । कतारमा फुटबलका महिला प्रशन्सकहरुले आफ्नो शरीरको हरेक अंग छोप्ने गरी पहिरन लगाउनु पर्ने बताइएको छ । कतारमा महिलाहरुले घुँडाभन्दा माथिको पहिरन लगाउन पाउने छैनन् । यसका साथै टाइट लुगा लगाउन पनि प्रतिबन्ध लगाइएको छ ।
यो प्रतिबन्धका बारेमा के भन्छ फिफा रु स् महिला दर्शकहरुको पहिरनमा प्रतिबन्ध लगाउने विषयमा विवाद समेत भएको छ । फिफाले आफ्नो वेबसाइटमा दर्शकहरुले आफुलाई मनपर्ने पहिरन लगाउन पाउनु उनिहरुको अधिकार भए पनि दर्शकहरुले विश्वकप आयोजना हुने देशको कानुन र नियमको पनि सम्मान गर्नुपर्छ भनेको छ ।
यस्तो अवस्थामा महिला दर्शकहरुले आफ्नो शरीरका अंगहरु ढाक्नु पर्ने हुन्छ। द सनको रिपोर्ट अनुसार कतारमा महिला दर्शकहरुलाई स्किम्पी लुगा लगाउन र आफ्नो क्लिभेज देखाउन प्रतिबन्ध लगाइनेछ । यसबाहेक गर्मीका कारण कसैले लुगा फुकाल्यो कि भनेर विशेष क्यामेराबाट निगरानी गरिनेछ ।
नियम उल्लंघन गर्नेलाई कारबाही : द सनको रिपोर्टका अनुसार कतारमा महिला फ्यानहरूमा लागू हुने ड्रेस कोडको नियम पालना नगर्नेहरु लाई नजिकबाट निगरानी गरिनेछ । नियम उल्लंघन गर्ने कुनै पनि महिलालाई कडा सजाय दिइनेछ र यसमा जेल समेत पठाउन सकिन्छ। कतारमा महिलाका लागि मात्र नभई पुरुषका लागि पनि कडा नियम लागू हुनेछ ।

प्रतिक्रिया