बाजुरामा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप, मतदान स्थगित

नेपालखोज २०७९ मंसिर ४ गते १२:१७

बाजुरा । बाजुरामा झडप भएको छ । प्रहरीका अनुसार बुढिनन्द नगरपालिका– ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

आइतबार बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ। झडप भएपछि मतदान स्थगित भएको छ ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही, स्वतन्त्रबाट राजन पाण्डे र टेकबहादुर बडुवाल उम्मेदवार छन् ।

प्रतिक्रिया