हुम्लाको सर्केगाडमा झडप हुँदा दुई जना घाइते

नेपालखोज २०७९ मंसिर ४ गते १२:५६

हुम्ला । हुम्लाको सर्केगाडमा गाउँपालिका-३ को मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनामा हुद्दा गरी दुई जना घाइते भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका-३ को देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप भएको हो ।

घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छन् ।

प्रतिक्रिया