बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान
नेपालखोज
२०७९ मंसिर ४ गते १४:०८

मलेखु । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गरेका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।
उनले मतदातासँग लाइनमै बसेर मतदान गरे । मतदानपछि प्रतिक्रिया दिँदै पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । पाण्डेसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी प्रतिस्पर्धामा छन् । त्रिपाठीले बेनिघाट रोराङ गाउँपालिका–३ को बागेश्वरी माविको मतदान केन्द्रबाट मतदान गरे ।
सम्बन्धित

प्रतिक्रिया